पुष १६ ,सल्यान जिल्ला बागचौर नगरपालिका–८, खत्रीगाउँका झक्कु बिकका छोरा ज्ञानबहादुर बिक आज जीवन र मृत्युबीचको कठिन संघर्षमा हुनुहुन्छ। रोजगारीको सिलसिलामा दाङमा रहँदा अचानक करेन्ट लागेर उहाँ गम्भीर रूपमा घाइते हुनुभयो। उपचारका क्रममा उहाँका दुवै हात काट्नुपर्ने बाध्यता आयो, र अहिले खुट्टा जोगाउनका लागि थप जटिल तथा महँगो उपचार आवश्यक छ।
आफ्नै हातले परिवार पाल्ने सपना बोकेका ज्ञानबहादुर आज अरूको सहारामा बाँच्न बाध्य छन्। छोराको पीडाले बुबाआमाको आँखा रसाएका छन्, तर उपचारका लागि आवश्यक रकम जुटाउन परिवारसँग पर्याप्त आर्थिक स्रोत छैन। अस्पतालको शय्यामा छटपटाइरहेका ज्ञानबहादुरलाई तपाईं–हामी सबैको सहयोगको खाँचो छ।
दाजुभाइ तथा दिदीबहिनीहरू,
आज तपाईंको सानो सहयोगले एउटा परिवारको आशा बाँच्न सक्छ। थोरै रकम, थोरै प्रयास, तर यसको मूल्य एउटा अमूल्य जीवन हो। कृपया सक्दो आर्थिक सहयोग गरिदिनुहोस् र यो पीडादायी अवस्थाको खबर अरूसम्म पुर्‍याइदिनुहोस्।
🙏 थोरै सहयोगले पनि एक जीवन बचाउन सकिन्छ।
पोस्ट सेयर गरेर पनि ठूलो पुण्य कमाउन सक्नुहुन्छ।
नोट: कमेन्टमा देखाइएको बैंक QR ज्ञानबहादुर बिककी बहिनीको नाममा रहेको छ।
📞 बिरामीका बुबाको सम्पर्क नम्बर: ९७०५६८८०६५