बैशाख ०४,काठमाडौ :- नेपाली लोकदोहोरी क्षेत्रमा लामो संघर्ष चाल्दै आएकी सुर्खेती गायिका लक्ष्मी राना मगरले आज चैते दशैको सुअवसर पारी हातैको बाला नामक सालैजो गित बजारमा ल्याएकी छिन।

गितको लय/शब्द रचना भने नेपाली मौलिक गितका बादसाह प्रसाद खप्तरीले गरेका हुन । भने उक्त गितमा प्रसाद खप्तरी मगर र लक्ष्मी राना मगरले आवाज दिएका छन । गित नेपालकै सर्बोत्कृष्ट रेकर्डिङ स्टुडियो पृज्म रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो भने गितलाइ एरेन्ज कृष्ण भान्जा र मिक्सिङ स्यामस्विट रसाइलिले गरेका हुन ।

नेपाली मौलिक सालैजो गित हातैको बालामा भिडियोमा आशिस गुरुङ र लक्ष्मी राना मगरले अभिनय गरेका छन । क्यामरामा बिजय लामा, मेकअप हेमा गुरुङ सम्पादनमा राजकुमार गुरुङ रहेका छन भने भिडियोको कोरियोग्राफर र निर्देशन भने दिप गुरुङले गरेका छन। उक्त गित Laxmi Rana Official यूट्यूब च्यानलमा सार्वजनिक गरिएकोछ।