असार १७ ,बागचौर नगरपालिकामा शिक्षक तथा जनप्रतिनिधिहरुको लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग विषयमा दुई दिवसीय स्याहारकर्ता कार्यशाला सम्पन्न ।
बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना आईतबार देखि शुरु भएको कार्यक्रम सोमबार सम्म संचालन भएको हो ।
बहुसांस्कृतिक मनोसामाजिक संस्था (टि.पि.ओ) नेपालको प्राविधिक सहयोगमा शिक्षक तथा जनप्रतिनिधिहरूको लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग स्याहारकर्ता दुई दिवसीय कार्यशाला बागचाैरमा सम्पन्न भएको छ ।
कार्यक्रमकाे नगर प्रमुख जनकराज गाैतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, कर्मचारी, मनोपरामर्शकर्ता लगायतको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा टिपिओ नेपालका मनोविद् (मनो परामर्शदाता) रुकुम टमटाले परामर्श दिनु भएको थियोे ।











