ललितपुर,३० कार्तिक । लोकप्रिय गायक रेशम भण्डारी र गायिका श्रद्दा दियालीको “दिम्ला माया चट्टै” बोलको नयाँगित सार्बजनिक भएको छ । दिनेश सुबेदीको शब्द /रचना तथा संगीतकार बिक्रम थापा द्वारा संगीतबद्ध बहु-प्रतिक्षित यस गित भर्खरै बजारमा सार्बजनिक भएको हो । बिगत १ दशक देखि नेपालि गित संगीतको क्षेत्रमा निरन्तर रुममा गित गाउदै आउनु भएका गायक रेशम भण्डारीले नेपालि गित संगीतलाई सेवा गर्दै आउनुभएको छ ।नेपालि सांगीतिक क्षेत्रको यो निरन्तरता भने प्रसंसनिय छ ।
उहाको मूल घर भने दाङ जसपुर हो । नेपालि गित संगीतको संरक्षण र प्रवर्द्धनमा समर्पित रहेका भण्डारी आगामी दिनमा पनि गित संगीत लाई निरन्तरता दिने बताएका छन् । उहाले पहिलो गित २०७३ सालमा रेकर्ड गराउनू भएको थियो ।
मैले सम्झे त् भने त्यसपछि भने उहाले पछाडी फर्किनु परेन निरन्तर रुपमा अगाडी बढीराख्नु भयो, र क्रमश उहाले दर्जन भन्दा बढी गितमा स्वर दिनुभएको छ । जसमा केहि आधुनिक गितहरु तथा रास्ट्रीय भाबका त्यस्तै चाडैनै उहाले केहि लोक फ्लेबरका गितहरु पनि बजारमा ल्याउने तयारि गरिराख्नु भएको छ । साथै आधुनिक गितहरु उहाले १ दर्जन भन्दा बढी गित सार्बजनिक भईसकेका छन् ।
उहाका थुप्रै विधाका गितहरु पनि सुन सकिन्छ । उहा पार्श्व गायकका रुपमा पनि चर्चा बटुल्न सफल हुनुहुन्छ । उहाका मैले सम्झे त् , तिमि बिना एक्लै, बैगुनी , तेज राजा ,जस्ता गितहरु चर्चामा छन् ।








