बैशाख २९ , सल्यान – सल्यान बागचौर कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवमा आज ( शनिबार ) चर्चित गायक कुलेन्द्र विश्वकर्मा र एम.टि महरको प्रस्तुती रहने भएको हो ।  बैशाख १३ गते देखि लाग्दै आएको बागचौर महोत्सव बैशाख २९ गते आज सकिने पनि आयोजकले जानकारी दिएको हो ।

कृषि पर्यटकीय कला सांस्कृतले बागचौर मात्र नभई समग्र सल्यानलाई चिनाउने उद्देश्यले बागचौर महोत्सव लगाएको आयोजकले जनाएको हो । २०८१ बैसाख १३ गते देखि महोत्सव सुरु भएको थियो ।