बागचौर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका ७ को टाटकेमा सम्पन्न भयो ।

सबिन कुमार खड्का (जालान्धर) अध्यक्षतामा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् ।

उपाध्यक्षमा यज्ञ बहादुर डाँगी र दिपेन्द्र खड्का , सचिवमा कमल वलि र झलक डाँगि , सहसचिव बिनोद घर्ती र कमल घर्ती कोषाध्यक्षमा पोखरा वलि ३२ जना वडा कार्यसमिति चयनगरिएको छ ।

तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।

अधिबेशनमा प्रमुख अथिति नेपाली कांगेस बागचौर उप सभापति भौमा गौतम बिशिस्ट अथिति नेपाली कांग्रेस जिल्ला सदस्य शेर बहादुर घर्ति अथिति नेपाल विद्यार्थी सल्यान क्षेत्र नं १ सभापति अनमेश केसि , उपसभापति केशब चन्द, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि रमेश गौतम प्रेस युनियन सल्यान अध्यक्ष लोकमान चन्द नेबिसंघ(CTEVT) सल्यान अध्यक्ष पहलमान खड्का नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।

उक्त अधिबेशनको अध्यक्षता नेपाली कांग्रेस बागचौर नगरपालिका वडा नं ७ कार्यबाहक सभापति टिका राम डाडिले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण सचिब विवेक खड्काले गरेका थिए ।