४ असार २०८२, बुधवार बागचौर नगरपालिका वडा नं. ७ मा १ कराेड ८७ लाख लागतमा निर्माणाधीन सानागाँडाकाेट खानेपानी तथा सरसफाइ आयोजना अनुगमन बुधवार गरियो ।

बागचाैर नगरपालिकामा सबै वडामा १ घर १ धाराकाे अवधारणा अनुसार सबै नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउने उदेश्य अनुसार नगरपालिकाले विभिन्न वडामा खानेपानी सम्बन्धि याेजनाहरु अगाडि बढाएको छ । जस अन्तर्गत वडा नं. ७ मा संचालन भईरहेकाे सानागाँडाकाेट लिफ्ट खानेपानी आयोजना समिति तथा उपभोक्ता सँग नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, वडा अध्यक्ष प्रेम बहादुर डाँगी, सुस्वा इकाई प्रमुख बिरेन्द्र जाेशी, प्राविधिक कर्मचारी लगायतले छलफल तथा अनुगमन गर्नुभएको छ ।

सानागाँडाकाेट खानेपानी तथा सरसफाइ आयोजना बाट १५४ घरधुरी र १ सामुदायिक विद्यालय प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । बेस ट्याङ्की १, ईन्टेक २, डिसी ३, बिपिसी ३, वास आउट भल्व १, पानी संकलन ट्याङ्की RVT ८, मुख्य पाइपलाइन ३३३४, शाखा पाइपलाइन १७९३५ मिटर, इनलाइन क्लाेरिनेशन १, पाइप सपाेर्ट व्लक ३७, संरचनामा तारवार तथा फेन्सिङ्ग १४ वटा निर्माण कार्य सम्पन्न भएको छ ।

बागचाैर नगरपालिका वडा नं. ७ मा नेपाल सरकार, फिनल्यान्ड सरकार, युराेपियन युनियन र बागचाैर नगरपालिकाकाे संयुक्त साझेदारीमा संचालन भईरहेकाे उक्त खानेपानी आयोजनाकाे अनुगमन तथा याेजनामा पर्ने प्रभावका विषयमा उपभोक्ता समिति र आम उपभोक्ताहरु सँग छलफल भएको थियाे ।

#वडा नं. ७ काे प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधानका लागि आफू निर्वाचित हुनुभन्दा पहिले गरेको प्रतिबद्धता पूरा गर्न लागि परेकाे बताउदै जनताका बिचमा गरेका प्रतिबद्धताहरु क्रमशः पूरा गर्ने नगर प्रमुख जनकराज गाैतमकाे भनाइ छ ।

वडा नं. ७ काे प्रमुख समस्याकाे रुपममा रहेकाे खानेपानी समस्यालाई समाधान गर्न याेजना छनाेट गरि कार्य अगाडि बढाएकोमा उपभोक्ता समिति र आम उपभोक्ताहरुले नगर प्रमुख सहित नगर कार्यपालिका परिवारलाई धन्यवाद ज्ञापन गरे।

नगर प्रमुख गाैतमले आयोजनाकाे अन्तिम चरणमा पुगेकाेमा खुसी व्यक्त गर्दै सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिदै, बाँकी काम समयमै सम्पन्न गर्न उपभोक्ता समिति र कर्मचारीहरुलाई निर्देशन दिनुभयाे ।