महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिए सँगै तिजका गित बजारमा दिनानुदिन सार्वजनिक भइरहेका छन । यसैबीचमा प्युठानी गायक तथा संगितकार डुकलाल गहतराजको प्रस्तुति रहेको नयाँ तीज गीत ‘हेरम्ला मायालाई दर्पण छायाले’ भिडियोसहित सार्वजनिक भएको छ ।

गीतमा शान्तिश्री परियार र डुकलाल गहतराजको स्वर रहेको छ भने राजबाबु नेपालीको शब्द तथा डुकलाल गहतराजकै संगीत रहेको छ । खेमराज गौतमले एरेन्ज गरेका छन् भने गीतको रेकर्डिङ सुमन राना र खुमन सिंह रानाले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् भने गीतको अडियो मारुनी डिजिटलमा निर्माण गरिएको हो ।

गीतको भिडियोमा राजबाबु नेपाली, प्यार अली खान, प्रकाश मगर, राधिका राना, सम्झना बश्याल र ग्रिष्मा सारुको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी राजबाबु नेपालीले गरेका छन्।

गणेश क्षेत्री एन्ड टिमले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर गणेश क्षेत्रीले गरेका हुन्। गणेश प्रोडक्सनको उत्पादनमा तयार भएको भिडियोमा सरिता गुरुङको मेकअप रहेको छ।
तीजको मौलिकता, नेपाली संस्कृति र मनोरञ्जनलाई समेटेर तयार गरिएको गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। ‘हेरम्ला मायालाई दर्पण छायाले’ गीतको अडियो तथा भिडियो दिनेश मुस्कानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न :-