२९ साउन २०८३, शुक्रवार पछिल्लो समय गीत संगीतमा लोकप्रिय बन्दै गएका गायक मनिराम बुढाथोकीले यसपालिको नेपाली महिलाहरूको महानचाड हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत सार्वजनिक गरेका छन्। “मेरी माया “बोलको गीत मनिराम बुढाथोकी अफिसियल युट्युब च्यानलबाट हिजो मात्रै सार्वजनिक गरिएको हो। उक्त गीतमा स्वर आफै मनिराम बुढाथोकी र सरिता सुनारले भर्नुभएको छ । उक्त गीतको लय शब्द पनि स्वयं मनिराम बुढाथोकीले नै भर्नुभएको छ भने एरेन्ज खेमराज गौतमले गर्नुभएको हो। उक्त गीतको मिक्सिङ रेकर्डिङ हेमराज डांगीले गर्नुभएको हो।

यसपालिको तीजलाई लक्षित गर्दै ल्याइएको “मेरी माया” बोलको तीज गीतले नेपाली महिलाहरूमा छुट्टै रमाइलो गराउने अपेक्षा गरिएको छ। उक्त गीतमा अभिनय रोशन खड्का र कल्पना क्षेत्रीको देख्न सकिन्छ।