जेठ १३ । बागचौर नगरपालिका वडा नम्बर ११ र १२ मा आजदेखि ७ दिने महिला सीप विकास तथा सरब बनाउने तालिम शुरु भएको छ । बागचौर नगरपालिकाको आर्थिक सहयोग र सामुदायका लागि सहकार्य (टप नेपाल) शारदा नगरपालिका २ सल्यानको सहजीकरणमा आजदेखि शुरू भएको कपडा धुन प्रयोग हुने सरब सम्बन्धि तालिमको उद्घाटन बागचौर १२का वडाध्यक्ष टिका राम ओलिले गर्नुभयो । 

तालिमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अथिति वडाध्यक्ष ओलिले हातमा सीप भए कोहीपनि बेरोजगार बस्नु नपर्ने बताउनुभएको छ । उहाँले अहिले बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा  वडाले महिलाहरूलाई दक्ष बनाउँन तालिमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले यसअघि बेरोजगार पुरूषहरूको लागि पनि वडाले सिप मुलक सम्बन्धि तालिमको आयोजना गरिसकेको जानकारी दिनुभएको छ।


बागचौर नगरपालिका १२ वडा सदस्य तथा कार्यपालिका सदस्य रेखा डाँगि खत्रीको सभाअध्यक्षमा भएको कार्यक्रमा बिशिस्ट अथिति वडा नं ११ वडा अध्यक्ष केश बहादुर भण्डारी अथिति,कार्यपालिका सदस्य रेशम बिक, सामाजिक बिकाश शाखा प्रमुख बिशाल ओलि बागचौर नगरपालिका नगर प्रमुखका सचिबालय प्रमुख केशव चन्द, वडासदस्यहरू बहादुर ओलि प्रशिक्षक दिपिका खत्रीलगायतले शुभकामना मन्तव्य राख्दै सीप नभएर धेरै महिलाहरू अहिले पनि त्यसै घरमा बसिरहेका बताउनुएको थियो । तर, यस्तो अवस्थामा उनीहरूलाई आवश्यक सीप मुलक तालिम दिन सके त्यसले पनि आत्मानिर्भर बन्न सहज हुने उनीहरूको भनाइ छ । 


सामुदायका लागि सहकार्य टप नेपाल शारदा नगरपालिका २ सल्यान ले दिने महिला सीप विकास तालिममा ११र १२ वडाको २० जना महिलाहरूको सहभागीता रहेको छ ।

तालिमको समापन जेठ १९ गते सम्म हुने बागचौर नगरपालिका –१२का वडासचिव पदम ओलिले जानकारी दिनुभयो भने कार्यक्रमको सहजीकरण चुडामणि ओलिले गर्नु भएको थियोे ।