फागुन २७, आज आइतबार बागचौर नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (Sami) कार्यक्रम अन्तर्गत वडा नं ११ मा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको अनुगमन गरिएको छ ।

वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने समस्या समाधान र न्यायमा पहुँच पुग्ने उद्धेश्य लिएर नगरपालिकामा रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन परियोजना संचालन भैरहेको छ ।

सके सम्म स्वदेश मा नै रोजगारी गरौ यदि वैदेशिक रोजगारीमा जाने नै भय सहि सुचना र परामर्श लियर मात्रै जाउ भन्ने मुल नारा का साथ सुरक्षित आप्रवासन सामी परियोजना नेपाल सरकार र स्विस सरकारको दुईपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा,प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित बागचौर नगरपालिकाको ब्यबस्थापन  तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ। हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ।  

वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गराईएको सामी परियाेजना बागचाैरका वित्तीय साक्षरता सहजकर्ता रमेश डि.सीले जानकारी दिनुभयो ।


उद्देश्य
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने ।
गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप,परामर्श लगायतका सहयो प्रदान गर्ने । 
वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुक क्षमताअभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफ बृद्धि गर्ने ।
लक्षित वर्ग वैदेशिक रोजगारमा जाने सम्भावित कामदार ।
वैदेशिक रोजगारमा रहेका कामदार वैदेशिक रोजगारबाट फर्केका कामदार ।
वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु ।


अनुगमन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, राेजगार संयाेजक तथा सामी प्रयाेजनाका फाेकल प्रसन नवराज डाँगी, सामाजिक विकास शाखा प्रमुख विशाल वली, प्रेस सल्लाहकार श्रवण देवकोटा, सामी परियाेजना मनाेसामाजिक परामर्शकर्ता विमला बस्नेत,  रिटरनी स्वयंसेवक एकदेव गाैतम लगायत वडा वासीहरुकाे उपस्थिति रहेको थियाे ।