५ पुष २०७९, मंगलवार

सल्यानमा बस दुर्घटना भएको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाबाट दाङ्गको लागि छुटेको ना ८ ख २५३ नम्बरको बस सिद्ध कुमाख गाउँपालिकाको पटारेमा मंगलवार विहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त गाडिमा चालक, सहचालक र गाडि साहुसहित १० जना यात्रु घाइते भएको बुझिएको छ।

घाइते लाई उपचार को लागी कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगर लगिएको बताएको छ भने मानवीय क्षति भने नभएको प्रहरी ले जानकारी दिएको छ। दुर्घटना हुनु को कारण भने खुल्ना सकेको छैन।