गुजारनकै लागि घरबार प्रदेश धाएका,छन
भने जस्तै काम त सबले कहाँ पाएका,छन
एउटा काम भनी दलाल अर्कै काम लगाएपछि
त्यसकै कारण युवा धेरै खाली हात आएका,छन।।

गाउँ गाउँमा राेजगारीकाे नारा, खाेल्नु पर्छ अब
घर  घरमा  खाने  पानीको  धारा, खाेल्नु पर्छ अब
त्यसै  विकास  गर्छु  भनी  कहाँ हुन्छ र ए नेता ज्यू
बन्दी भाका  पक्की सडक  सारा,खाेल्नु  पर्छ अब
                                ।।
मुक्तक  लेख्ने  मुक्तककारलाई  गाली,  नगर
देश  बिग्राने  भ्रष्टाचारीलाई  कसैले ताली,नगर
जस्ले  गर्छ  देशका  निम्ति  सच्चा निर्दाेष काम
तर  उसलाई  भाेटकाे  पनि कसैले खाली,नगर
                              ।।
स्कुल पाेसाक लाउदैमा सबै विद्यार्थी,हुदैन
घर  बाहिर  हिड्ने मान्छे  सबै  शरणार्थी ,हुदैन
काेही  कामले  हिड्छ त  काेही  घुम्नकाे  लागि
त्यसैले मन्दिर बस्नेे भक्तजहरू सबै परार्थी,हुदैन

काे डालीमा आई बस्यो मैना चरि
मुक्तक ल्याई हजुर सामु आई पुगे म फेरि
सारै मन पर्छ अरे  मेराे  साहित्य  हजुरलाई
यसरी नै  रहिरहाेस  हाम्रो  माया  अजम्वरि।।

हाँस्ने मन नलाई नलाई हाँस्नु, पर्या छ
भित्री मन जलाई जलाई बाच्नु,पर्या छ
लेख्या रहिन्छ खुसि भन्ने जिन्दगीमा मेराे
मृत्युुसँगै जीवन आज याे दाँज्नु,पर्या छ।।

कुरीति त र  कुसंस्कारकाे,अन्त्य हुनुपर्छ
हत्या हिंसा  बलात्कारकाे, अन्त्य हुनुपर्छ 
जबर्जस्ती चेली माथि हातपात भयाे धेरै यहाँ
खराब नजर  चमत्कारकाे,अन्त्य हुनुपर्छ  ।

नबुझी कुरा बिचमा काट्नु,हुदैन
पिर बेथा अरू सित साट्नु,हुदैन
सम्झाउने भन्दा रमाउने धेरै छन
तर दुख पर्दैम मर्न त आट्नु,हुदैन।

केही समय खुसि दिने त हजार भेटिन्छन,यहाँ
बित्दै जाँदा समय पछि केही मुटु रेटिन्छन,यहाँ
बुझे पछि केही भित्री दुख सुखका पलहरू मेरा
जिन्दगी भरका सपना पनि सधै मेटिन्छन,यहाँ।

तिमीसँगै उकाली ओराली हिड्ने,मन थियोे
दुख सुख जिन्दगी  तिमीसँगै भिड्ने, मन थियाे
बिच बाटाेमै के के भयाे पत्तै भएन आज बरै
तिमी भित्र काे काेमल मुटुम छिड्ने,मन थियाे ।

जहाँ जुन सहर घुमे पनि अाफ्नै गाउँ,प्याराे लाग्छ
सात समुन्द्र टाढा भए पनि अाफ्नै ठाउँ,प्याराे लाग्छ
कसलाई रहर हुन्छ र बिरानो ठाउँ प्रदेशमा जानालाई
बिग्रकै किन नहाेस तर तर अाफ्नै नाउँ, प्याराे लाग्छ ।
सल्यान ,बाँझकाँडा।

पढ नानी सधै भरि यस्तै ध्यान, लिएर
उज्ज्वल भविष्य बनाउनु छ ज्ञान,लिएर
ममि बाबा गुरूजनले मा्नुपर्छ भनेको काम
ठड्याउनु छ देशम खम्बा भाेली ज्यान,दिएर ।

मान्छेकाे जिन्दगी हाे विग्रन बेर, हुदैन
दुख्ख  सुख्ख पिडाहरू पनि सेर, हुदैन
कि अन्तै अरूसँगै नाता जाेडेउ तिमीले
अाज भाेली घरकाे खासै केर, हुदैन।

माया खाेल्ने अब एउटा चापी बनाउछु
रिस राग हैन मायाम नै काफी बनाउछु
दर्किएकाे घर मेराे चर्किएकाे याे छाती म
एउटा सुन्दर जिन्दगी काे साँची बनाउछु।।

आई पुग्याे साथी तिहारै पनि घरैकाे दैलाेम
नआउदा तिमी  प्रदेशी घर मन भयाे मैलाेम
साहुले छुट्ी दिएन हाेला त्याे पापी सहरम
रमाउछन गाउँघर संगी र साथी  देउसी र भैलाेम।