बागचौर, सल्यान जेठ २७ । जनकल्याण नमुना माध्यमिक विद्यालय, थारमारेको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) निर्वाचनमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धन प्यानलले शानदार सफलता हासिल गरेको छ। कुल ५१८ मत गणना सम्पन्न हुँदा गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार मदन बस्नेत (हात्ती) ले २९३ मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको छ। त्यसैगरी ममता केसी (कैची) २६३ मत, शिवकुमार बस्नेत (बस) २६० मत तथा प्रतीक्षा शर्मा (बालक) २५६ मत प्राप्त गरी विजयी हुनुभएको छ।
नेपाली कांग्रेसका उम्मेदवार पवनराज केसी (साँचो) ले ८६ मत तथा खुमा बुढाथोकी (घडी) ले १२५ मत प्राप्त गर्नुभएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुपेन्द्र बोहरा (परेवा) ले १३९ मत, तुलसा डाँगी (माछा) ले १२३ मत, सुमित्रा डी.सी. भण्डारी (खस्सी) ले १०९ मत तथा पिमलाल शर्मा (भाले) ले ७८ मत प्राप्त गर्नुभएको छ।
निर्वाचनमा ४९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। अन्तिम मतपरिणामसँगै विद्यालय व्यवस्थापन समितिको नेतृत्व गठबन्धन प्यानलले आफ्नो पक्षमा पार्दै विद्यालयको भावी नेतृत्व सम्हाल्ने भएको छ।