समुदायको लागि सञ्चार सल्यानको आयोजनामा स्थानीय कृषि उत्पादन , वन, पर्यटन , कला तथा संस्कृति संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको ” दोस्रो बागचौर कृषि,वन,पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ आज उद्घाटन भएको छ ।

महोत्सवको सभाध्यक्षको सिट आसन ग्रहण समुदायको लागि सञ्चार सल्यानका अध्यक्ष लोकमान चन्दले गर्नुभएको थियो। उक्त महोत्सवमा प्रमुख अतिथिको रूपमा बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम गर्नुभएको थियो ।स्थानीय कला संस्कृति,कृषि,पर्यटन तथा स्थानीय पहिचानलाई उजागर गर्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले सञ्चालित “दोस्रो बागचाैर कृषि ,वन , पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३” को बागचोर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले पानसमा बत्ती बालेर र ब्यानर पढेर सम-उद्घाटन गर्नुभएको थियो ।

उक्त महोत्सवमा विशिष्ट अतिथिको रूपमा बागचाैर नगरपालिकाकै नगर उपप्रमुख सुमनिमा डिसी वली , प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर भट्टराई रहनुभएको थियो । महोत्सवको उद्घाटन समारोहमा बोल्दै सभाध्यक्ष लोकमान चन्दले महोत्सव भनेको विभिन्न स्थानीय स्तरका पर्यटकीय स्थल धार्मिक स्थलहरूलाई चिनाउने चिनारी रहेको बताउनुभएको हो । साथै यस्ता मेला महोत्सव आयोजना गर्दा स्थानीय व्यापारीलाई पनि आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।


त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले महोत्सवलाई सफल पार्न सम्पूर्ण सम्पूर्ण नगरवासीको कर्तव्य समेत रहेको खुलासा गर्नुभएको हो । र कुनै समस्या आएमा नगरपालिका सधैं साथमा रहने विश्वास दिलाउनु भएको छ ।

त्यसैगरी विशिष्ट अतिथि बागचोर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर भट्टराईले कविताको मार्फत जिल्लाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको चर्चा गर्दै यस्ता मेला महोत्सवले यी संरचनाहरूको संरक्षण का साथै प्रचारप्रसार समेत हुने बताउनुभएको हो ।

उद्घाटन समारोहमा पुरानो रीतिरिवाज झल्किने गरी विभिन्न खाले झाँकीहरू प्रस्तुत गरिएको थियो।उक्त कार्यक्रमको सञ्चालन श्रवन देवकोटा र नवीन डिसीले गर्नुभएको थियो ।










