३० जेठ २०८३, शनिवार सल्यानको बागचौर नगरपालिकामा दुई दिने “जल कचहरी पलिका स्तरीय उपभोक्ता समिती तथा मर्मत सम्भार कार्यकर्ताको दिगोपन र सुचारुपन सम्बन्धि कार्यशाला गोष्ठी हिजो देखि शुरु भएको छ । कार्यक्रम उद्घाटनमा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम । उप प्रमुख सुम्निमा डि सि ओलि प्रमुख प्रशासकीय अधिकृत टंक प्रशाद भट्टराई नगर प्रवक्ता एवम् दुई नम्बरका वडा अध्यक्ष दिपेश डि.सि लगायत अन्य जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सहजीकरण ” आयोजना सहयोग इकाई , सुस्वा, सुर्खेतले गरेको थियो ।

कार्यक्रम उद्घाटनमा बोल्दै नगर प्रमुख जनक राज गौतमले मंसिर मसान्तसम्ममा सबैको घरमा स्वच्छ , सफा खाने पानी सहजै पुग्ने बताउनु भयो । पालिका भित्रका खानेपानीका योजना हरुलाई दिगो र स्वच्छ बनाउने मुख्य उद्देश्यले हुनलागेको उक्त गोष्ठीमा पालिका भित्रका २२६ वटा योजनाका उपभोक्त समितिका पदाधिकारी हरुको सहभागिता रहेको थियो उपस्थित सबै पदाधिकारी हरुलाइ आयोजना सहयोग इकाई ” सुस्वा , सुर्खेतले खनेपानीका योजना हरुलाइ कसरी दिगो , स्वच्छ सफा राख्ने , समस्या आउन नदिन के गर्ने र समस्या आएमा कसरी समाधान गर्ने भने बिसयमा स्पष्ट पारेको थियो ।








