लोकदोहोरी क्षेत्रमा नयाँ स्वाद लिएर आएको गीत ‘चिठ्ठी के पठाम’ सार्वजनिक भएको छ। गायक तथा सर्जक नकुल ढकाल नवीनको शब्द तथा स्वर रहेको गीतमा उनकी छोरी नबिना ढकालले समेत स्वर दिएकी छन्।

मायालुको सम्झना यति के पठाम, इन्टरनेटको जमानामा चिठ्ठी के पठाम” जस्ता भावपूर्ण हरफले आधुनिक प्रविधिको युगमा हराउँदै गएको चिठ्ठी संस्कृतिलाई सम्झाउने प्रयास गरेको छ। गीतले दुई प्रेमिप्रेमिकाको दूरी र मायालुप्रतिको सम्झनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

बसन्त थापाको संगीत रहेको गीतको भिडियो प्रशान्त मगरले निर्देशन गरेका छन्। भिडियोमा नकुल ढकाल नवीन र जुना विश्वकर्माको अभिनय रहेको छ। करण चैसिरको छायांकन तथा प्रवीण भट्टको सम्पादन रहेको भिडियोले गीतको भावलाई जीवन्त बनाएको छ।

बुबा–छोरीको संयुक्त स्वरमा सजिएको ‘चिठ्ठी के पठाम’ ले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्दै गएको छ। परम्परागत चिठ्ठीको आत्मीयता र आधुनिक सञ्चार प्रविधिबीचको भावनात्मक द्वन्द्वलाई गीतले सुन्दर ढंगले उजागर गरेको छ।

भिडिओ हेर्न :-