११ वैशाख २०७९, आइतवार

सल्यानमा सडक खन्दै गरेको डोजर दुर्घटना भएकाे छ ।

दुर्घटना हुदा चालककाे मृत्यु भएको छ भने सह-चालक घाइते भएका छन। बागचौर नगरपालिका -६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर आउँदै गरेको डबल कटिङ गर्दै गरेकाे रा १ क ७१९ नम्बरको डाेजर दुर्घटना हुदा चालक दाङकाे हापुरे घर भएका अन्दाजी २५/२६ वर्षिय चित्र बहादुर विककाे मृत्यु भएको छ।

दुर्घटनामा परि घाइते भएका सह-चालक सल्यान छत्रेश्वरी गाउँपालिका दमाचौरका भएकाे भनिए पनि वास्तविक पहिचान खुल्न सकेकाे छैन। घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी टोली खटिएको हुदा थप विवरण आउन बाँकि छ।