३चैत्र २०७८ ।
नेपाली काङ्ग्रेस बागचौर नगरपालिका वडा नम्बर ८ कार्यसमितिको नेतृत्वमा वडामा आर्थिक अबस्था कम्जोर भएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
स्वर्गीय गेहेन्द्र हमालको पारिवारिक अबस्था कम्जोर भएकोले वडा कार्यसमितिको अग्रसरतामा गेहेन्द्र हमालकी धर्म पत्नी सारदा हमाल लाई सहयोग स्वरुप रु १४ हजार ३ सय ७५ रुपियाँ सहयोग गरेको छ । रकम हस्तान्तरण गर्दै हमालले वडा कार्यसमिति परिवारलाई धन्यवाद दिएकी छिन ।
उक्त रकम नेपाली काङ्ग्रेस सल्यान जिल्ला सहसचिव जनक राज गौतम जिल्ला कार्यसमिति सदस्य इश्वरी बहादुर खत्री
बागचौर नगर सभापति दिपेस डि सी बा न पा ८ का वडा सभापति क्षेत्र बहादुर चन्द प्रेम नाथ योगी ले संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।
स्वर्गीय गेहेन्द्र हमालको विभिन्न ठाउँमा उपचार गर्दा परिवारको आर्थिक अबस्था कमजोर भएको छ ।
केही दिन अगाडी पनि नेपाली काङ्ग्रेस बागचौर नगर कार्यसमितिको अग्रसरतामा काङ्ग्रेसका पुर्व कार्यसमितिका सदस्य स्वर्गीय हरिहर चन्दको परिवारलाई आर्थिक सहयोग गरेको थियो ।