असोज १४, सल्यान ।

सल्यानको कुमाख गाउँपालिकाले दशै र तिहारको विचमा विद्यालय बन्द नगर्न भनेको छ ।

कोभिड १९ का कारण लामो समय विद्यालय बन्द भई पठनपाठन प्रभावित भएको भन्दै यो शैक्षिक बर्षको पठनपाठनलाई दशै र तिहारको विचमा पनि नियमित गर्न गाउँपालिकाका सबै विद्यालयलाइ पत्र पठाएको हो ।

पठनपाठनलाई छिटो छरितो गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता अनुसार दशै विदा असोज २१ देखि ३१ गते सम्म र तिहार विदा कार्तिक १६ देखि २२ गतेसम्म मात्रै कायम गर्न प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्ती र शिक्षा शाखा प्रमुख प्रशान्त लामिछानेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

यस अघि शिक्षकहरुको अन्य समयमा हुने विदा कटौति गरी दशै तिहारको विचमा विद्यालय बन्द गर्ने चलन थियो ।