सल्यान,१७ । बागचौर नगरपालिका वडा नं. ६ जामुनेचौरस्थित सरस्वती माध्यमिक विद्यालयको अभिभावक भेला तथा नबनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख जनक राज गौतम रहनुभएको थियो भने विशिष्ट अतिथि नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दिपेश डीसी रहनुभएको थियो। कार्यक्रममा वडा नं. ५ का अध्यक्ष जोगेन्द्र वली, वडा नं. ६ का अध्यक्ष ज्ञान बहादुर वली, वरिष्ठ शिक्षा अधिकृत नरेन्द्र भट्ट, कार्यपालिका सदस्य रेशम बिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, जग्गादाता, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष सर्वजित वलीले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन प्रधानाध्यापक कृष्ण चन्दले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक धन बहादुर परियारले गर्नुभएको थियो।

यसै अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गंगा राम वली चयन हुनुभएको छ भने सदस्यहरूमा डिल्ली राज वली, तुल्सा वली र पवित्रा केसी वली चयन हुनुभएको छ।

कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार तथा अभिभावक–विद्यालय सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो। ।

कार्यक्रममा नगर प्रमुख जनक राज गौतमले शिक्षालाई नगरपालिकाको प्राथमिकतामा राख्दै विद्यालयको निरन्तर विकासमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।