१० फागुन २०८२ नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मिर्दी स्याङ्जाको आयोजनामा व्यावसायिक बाख्रापालन तालिम तथा जुकाको औषधि वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा केन्द्रीय कार्यालयबाट आउनुभएको अनुगमन अधिकृत पुष्पा पोखरेल लम्साल रहनुभएको थियो।कार्यक्रममा प्रमुख अतिथिको रुपमा विरुवा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष श्री मेघराज गुरुङ रहनुभएको थियो । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मिर्दी स्याङ्जाको शाखा प्रमुख रजनी केसी रहनुभएको थियो । साथै विभिन्न कर्माचारि तथा शिक्षक तथा अभिभावक को पनि उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम शाखा प्रमुख रजनी केसी ले भव्य र सभ्य रुपमा सञ्चालन गर्नुभएको थियो।

स्वागत मन्तव्य पनि केसी आफैले नै राख्नु भएको थियो । कार्यक्रम मा संस्थाको परिचय सभाध्यक्ष समेत रहनुभएको केन्द्रीय कार्यालयबाट आउनुभएको अनुगमन पुष्पा पोखरेल लम्सालले दिनुभएको थियो। सबै अतिथिहरूले आआफ्ना मन्तव्यहरू राखिसकेपछि तालिम सुरु पशु स्वास्थ्य प्राविधिक राजेन्द्र धामीले मनोरञ्जन साथै तालिम सुरु गर्नुभएको थियो। उक्त तालिम साँझ ५ बजेसम्म चलेको थियो ।

यस संस्थाको मुख्य उद्देश्य वित्तीय पहुँच नपुगेका ग्रामीण सहरी तथा दूरदराज क्षेत्रमा बसोबास गरेका विपन्न पछडिएका वर्गहरूको आर्थिक सामाजिक सुधार गर्ने उनीहरूको जीवन स्तरलाई माथि उठाउनको लागि वित्तीय सेवालाई मध्यनजर गरी विपन्न तथा गरिब वर्ग व्यक्ति तथा समूहलाई प्रत्यक्ष रूपमा पुँजीसँग सम्बन्ध गराई स्वरोजगारीको अवसर सिर्जना गर्ने र आए अभिवृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि मेघराज गुरुङले महिलालाई लक्षित सिपमूलक कार्यक्रमले परिवारको आयस्तर उकास्नुको साथै सामाजिक सशक्तिकरणमम टेवा पुग्ने साथै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । यस कार्यक्रमको सभा अध्यक्षता ग्रहण गर्नुभएकी यसै संस्थाकी अनुगमन अधिकृत पुष्पा पोखरेलले ग्रामीण क्षेत्रमा साना कृषि उद्यम विस्तार आयआर्जन वृद्धि तथा वित्तीय अनुशासनको महत्त्व नियमित बचत , लगानीको सदुपयोग मार्फत दिगो व्यवसायको विकास सम्भव हुने साथै ग्रामीण अर्थतन्त्र चलायमान बन्न सक्ने बारे जानकारी दिनुभयो ।

तालिम सकिए लगत्तै तालिममा समावेश भएका सबै व्यक्ति लाई सम्मान पत्र र जुकाको औषधि वितरण गर्दै सभाध्यक्ष पुष्पा पोखरेल लम्सालले समापन गर्नुभएको थियो। गाउँमै बसीबसी मनज्ञ आम्दानी गर्न र कृषि क्षेत्रमा लागेर अघि बढ्नेहरूका लागि यस्ता तालिमहरू अनिवार्य रुपमा लिनुपर्नेमा उक्त कार्यक्रममा जोड दिइएको थियो।








