माघ २०सल्यान । कृषकको टोल–टोल तथा घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले हिजो कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सिद्धकुमाख गाउँपालिका वडा नं. ५ को वडा कार्यलयमा सम्पन्न गरेको छ।

कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले विभिन्न स्थानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाका प्रमुख अनुराग बोहराले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सिद्धकुमाख गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चुडामणि रेउलेले उपस्थित सबैलाई कार्यक्रमबाट प्राप्त बीमा सचेतनालाई टोल–टोलमा पु¥याई बीमा सचेतना फैलाउन आग्रह गर्नुभयो। उहाँले कृषि तथा पशुपन्छी बीमा कृषकका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै बीमा गरेमा कृषकलाई ठूलो राहत तथा फाइदा पुग्ने बताउनुभयो। साथै, वडामा उदाहरणीय विकासका कार्यहरू हुँदै आएको उल्लेख गर्दै अब बीमालाई पनि उच्च प्राथमिकतामा राखी वडावासीलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित विभिन्न तह र तप्काका व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलका क्रममा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिनुभयो। उहाँले एनएलजी इन्स्योरेन्सले गाउँ–गाउँमा पुगेर कृषकलाई बीमाको दायरामा ल्याउने अभियान अन्तर्गत विगत केही वर्षदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र यसले सकारात्मक तथा प्रभावकारी परिणाम देखिन थालेको बताउनुभयो।
छलफल कार्यक्रमकै क्रममा कृषि तथा पशुपन्छी बीमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो। साथै, दाबी भुक्तानी प्रक्रियालाई अझ पारदर्शी र सहज बनाउन यहि माघ १ गतेदेखि दाबी भुक्तानी अन








