२१ साउन २०८३, बिहिवार दाङको तुल्सीपुरको मदाने चोक नजिकै आज दिउँसो भएको दुईवटा स्कुटी र टिप्पर एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा परी सल्यान माइतीघर भएकी हाल तुलसीपुर ११ कताहा बस्ने २१ वर्षीय कल्पना केसी गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । कल्पनाको अवस्था गम्भीर भएकाले उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको मृत्यु भएको छ। सुरुमा कल्पनाको पहिचान खुल्न नसकेपनि त्यसपछि उनका माइतीतिरका अङ्कल खकेन्द्र केसीले उनको सनाखत गर्नुभएको थियो। कल्पनाको सब अहिले रातिप्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
प्राप्त जानकारी अनुसार घटनामा टिप्पर र दुईवटा स्कुटर समावेश भएको भने पनि प्रारम्भिक अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।








