बागचौर, सल्यान —मंसिर २२
बागचौर नगरपालिका–७, कोटबारा आज बिहान ०७:३० बजे बस दुर्घटना भएको छ। ना.४ख.६२३२ नम्बरको खाली बस स्टार्ट गरी पछाडि ब्याक गर्ने क्रममा ब्रेक फेल भएको थियो।

बस सडकबाट करिब ४०–४५ मिटर तल खस्दा चालक ३५ वर्षीय लालसिंह बि.क. घाइते भएका छन्। उनलाई उपचारका लागि जनप्रिय पोलिक्लिनिक बागचौर पठाइएको छ।

घटनास्थलमा ट्राफिक प्रहरी टोली खटिएको छ र प्रहरीले अनुसन्धान सुरु गरेको छ।