सल्यान असोज २०– सोमबार दिउँसो खलंगाबाट सुनचौर जाँदै गरेको बोलेरो जीप ज्वालापुरमा सडकबाट करिब ६० मिटर तल खसेको छ। दुर्घटनामा आठ जना घाईते भएका छन्। चालक सुरेन्द्र कवरको अवस्था गम्भीर रहेको छ भने अन्य सात जनाको अवस्था मध्यम छ। घाईतेमध्ये तीन जनालाई जिल्ला अस्पताल सल्यानमा र पाँच जनालाई कर्णाली अस्पताल, श्रीनगरमा उपचार भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।