सल्यान, थारमारे – जनकल्याण क्याम्पस थारमारेमा सञ्चालक समितिको निर्वाचन आज सम्पन्न भएको छ। कुल ७७ मत खसेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (एमाले + नेपाली कम्युनिस्ट) र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखियो।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी तर्फबाट घनश्याम शर्मा अध्यक्षमा विजयी भएका छन्। साथै, सदस्य पदमा एकराज वली, कृष्ण कुमार खड्का, जनक विक, प्रेम बहादुर खत्री, प्रताप शर्मा, शोभाराम भण्डारी विजयी भएका छन्।

त्यस्तै, नेपाली कांग्रेस तर्फबाट पूर्ण बहादुर चन्द ठकुरी र भीम बहादुर डि.सी. (क्र.सं. ६५) सदस्य पदमा विजयी भएका छन्। कांग्रेसका अन्य उम्मेदवारहरू अध्यक्ष प्रेम बहादुर के.सी., खुमराज वली, देवराज गिरी, देव बहादुर डाँगी पराजित भएका छन्।

निर्वाचन अधिकारीका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र पारदर्शी तरिकाले सम्पन्न भएको थियो। विजयी उम्मेदवारहरूले अब क्याम्पसको व्यवस्थापन र शिक्षा सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।