सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप बिहीबार बिहान करिब ११ बजे शारदा नगरपालिका–१२ रेशमजिउलामा सडकबाट पाँच मिटर तल खसेको हो ।

दुर्घटनामा शारदा–१३ का १८ वर्षीय सुमन बस्नेत, ३५ वर्षीया झुपि नेपाली, वडा–१२ की २१ वर्षीया सीता रावत र उहाँकी ७ वर्षीया छोरी डोल्मा, ३४ वर्षीया पार्वती बुढा, शारदा–१५ की २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी–२ की २४ वर्षीया निर्मला गिरी, शारदा–१५ की ८ वर्षीया शिरिसा भण्डारी, २३ वर्षीया दिपा रावतलगायत घाइते भएका छन् ।

यस्तै शारदा–१२ की २१ वर्षीया जानकी गिरी, शारदा–१३ की २७ वर्षीया गिराराज गुरु, उहाँकी ९ वर्षीया छोरा रियाराज गुरु र ५ वर्षीया छोरा रितुराज गुरु, शारदा–१ की २५ वर्षीया शोभा बुढाथोकी र उहाँकी छोरीहरू २१ वर्षीया सम्झना थापा र १८ महिनाकी छोरी, तथा १६ वर्षीय छोरा जीवन नेपाली पनि घाइते भएका छन् ।

गम्भीर घाइते झुपि नेपाली र पार्वती बुढालाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको श्रीनगरस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र जिप आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।