२९ जेठ २०८२, बिहिवार,सल्यानी समाज दक्षिण कोरिया स्थापना काल २०२१ देखिनै सल्यान जिल्ला भित्रका स्थानिय तहका विद्यालयहरुमा प्राथमिक तहका स-साना बालबालिकाहरुलाई लक्षित गरी विद्यालय पोशाक बितरन गर्यो ।

चिसोमा न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण जस्ता विभिन्न खालका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

सल्यानी समाज दक्षिण कोरियाले यो वर्ष सल्यान जिल्ला भित्रका १० वटा पालिका मध्य त्रिवेणी गा.पा.कुमाख गा.पा.शिद्ध कुमाख गा.पा र कपुरकोट गा.पा. गरी जम्मा ४ वटा पालिकाहरुका ११ वटा विद्यालयमा वितरण गर्ने निर्णय गरेअनुसार संस्थाका सदस्य पवन ठकुरी को सहजीकरणमा विद्यालयले पठाएको विध्यार्थी विवरणको सिफारिस अनुसार कुमाख़ गाउँपालिका अन्तर्गत श्री बालकल्याण आधारभूत विद्यालय का ४१ जना विद्यार्थी लाई विद्यालय ब्यबस्थापन समिति को मातहत मा रही निःशुल्क पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।