नगर प्रमुख गौतमले समग्रमा शिक्षा क्षेत्रको गुणस्तर बढाउन शिक्षक तालिमको आवश्यकता पर्दछ । शिक्षक तालिममा सिकेका नयाँ विधि, ज्ञान, तौरतरिका विद्यार्थीमा दिई विद्यार्थीको क्षमता अभिवृद्धि भएमा मात्र शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल आउन सक्दछ ।


हालको परिवेशमा अब्बल दर्जाको र व्यावहारिक ज्ञान, विधि, प्रविधिसमेतको पहुँचमा ल्याई एक्काइसाँै शताब्दीको विश्वव्यापीकरणको समयमा तालिमको विकल्प तालिम नै हो । जुन कि प्रभावकारी ढङ्गले सञ्चालन गरी कक्षा कोठामा पु¥याउन अपरिहार्य रहेको छ । शिक्षक तालिमको व्यवस्था र अवस्था विश्लेषण गर्दा प्रतिफल उच्च बनाउन थप मेहनत र थप लगानीको आवश्यकता रहेको देखिन्छ । त्यसपश्चात् मात्र शिक्षक तालिमबाट सिकेका जतिका कुरा कक्षा कोठामा प्रयोग गर्न सक्छन् र विद्यालयमा सिकाइ उपलब्धिमा वृद्धि हुने अपेक्षा राख्न अनुरोद गर्नु भयो ।