१९ भदौ २०८१, बुधवार

ब्राईट रोज ल्याण्ड बोर्डिङ स्कुल बागचौर नगरपालिका २ सल्यानको आयोजनमा आज तिज बिषेश शुभकामना आदानप्रदान कार्यक्रम एक कार्यक्रम बिच भब्यताका साथ मनायो ।

हिन्दु नारीहरूको एक सनातन साँस्कृतिक महत्वको महान पर्व हरितालिका तीजको पावन अवसरमा विद्यालयले विद्यार्थीहरू र सम्वन्धित सबैलाई यस पर्वको मौलिकतालाई कायम राख्दै साँस्कृतिक महत्वको जगेर्ना गर्न सन्देश दिने उद्देश्यले तीज विशेष कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रम प्रमुख आथित्याता नगर प्रमुख जनक राज गौतम , अथिति वडा नं २ अध्यक्ष दिपेश डिसि , जिल्ला प्याब्सन सल्यानका सचिब खिमराज डि.सि पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसि

माओबादि केन्द्रका बागचौर इन्चार्ज तिलक मल्ल, एमाले बागचौर नगरकमिटि सचिब देब बहादुर डिसि, कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नगर सचिब डम्बर भण्डारि द्वारा आउदै गरेको तिज पर्वको अवसरमा शुभकामना व्यक्त गरिएको हो ।


कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी, शिक्षक, विद्यार्थी,बुद्धिजीवी, सुरक्षाकर्मी सहित हजारौको संख्यामा स्थानीय महिला दिदिबहिनी र दाजुभाइहरुको सहभागीता रहेको थियो ।


कार्यक्रमको अध्यक्षता प्रिंसिपल इन्द्र भणडारि गर्नु भएको थियो भने सिक्षिका इन्द्रा हमालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन बिकाश बाबु चन्द र जिबन बिकले गरेका थिय ।