जेठ २९,नव नियुक्त नगर अनुदानको शिक्षकलाई नियुक्ति प्रदान तथा पदस्थापन कार्यक्रम सम्पन्न।

बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा मंगलबार नव नियुक्त शिक्षकलाई नियुक्ति प्रदान तथा पदस्थापन कार्यक्रम गरिएको छ ।

नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमकाे अध्यक्षतामा कार्यक्रम गरिएको थियाे । नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिबिदि तुरुस्त दुरुस्त रुपमा पठनपाठन गर्नेको लागि मा बि, नि माबि, प्रा बि र बालबिकाशको लागि १२५ जना नगर अनुदानको शिक्षक माग सम्बन्धि बिज्ञापन गरिएको थियोे । भखरै मात्र यसको लिखित मौखिक परिक्षा बाट माबि तहमा ७ नि माबि २२ प्रा बि ६५ र बालबिकाश१३जना गरि १०७”शिक्षकले परिक्षामा उतिर्णा गरेका छ्न। भने बमोजिमको बिषयगतको शिक्षकपरिक्षा मा समाबेश नभएकोले अपुग अनुदान कोठाको लागि नगरपालिकाले पुन: बिज्ञापन गरिने बताएको छ।
परिक्षाबाट उतिर्णा भएका सम्पूर्ण शिक्षकहरुलाई नियुक्ति प्रदान तथा पदस्थापन कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, २ नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य दिपेश डि.सी, ८ नं. वडा अध्यक्ष शुशिल जङ्ग चन्द, ९ नं. वडा अध्यक्ष यज्ञ बहादुर डाँगि १२ नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य टिकाराम वली, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, नगर शिक्षा परामर्श समिति संयोजक हिरालाल न्यौपाने, लगायत नव नियुक्त शिक्षककहरुकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रमकाे सहजीकरण शिक्षा शाखामा कार्यरत लक्ष्मीनारायण केसिले गर्नुभएको हाे ।