चैत १२,राष्ट्रियआधारभुत विद्यालयको भवन भब्य समारोहका विच उद्घाटन भयो।

राष्ट्रियआधारभूत विद्यालय नगरपालिका– ०५ शिबरथ बैयाल डाँडा को नव निर्मित भवनको सोमवार एक भब्य समारोहका बिच उद्घाटन भएको छ ।

कर्णाली प्रदेश मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिनियोजित रुकम १३लाख उनाईस हजार र १५ लाख लागतमा भवन भूकम्प प्रतिरोधि निर्मित २/२ कोठे भबन संयुक्त रुपमा उद्घाटन बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले गर्नु भएको छ ।

नगर प्रमुख जनकराज गाैतमले विद्यालयका लागि आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको जनाउनु भयो । विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा शिक्षक-शिक्षिकाहरूलाई शैक्षिक सुधारका लागि अथक मिहिनेत गरेर अगाडि बढन निर्देशन गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई अनुशासित र लगनशील भएर अगाडि बढ्न अनुरोध गर्दै, विद्यार्थीहरुकाे उज्ज्वल भविष्यकाे कामना गर्नुभयो।

उद्घाटन समारोहमा बागचौर नगरपालिका २,३,५ वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सदस्य,नेपाली कांग्रेस, एमाले, माओवादीकेन्द्र, राप्रपा प्रतिनिधि अभिभावक, शिक्षक विद्यार्थी लगाएतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरू विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र निर्माण समितिलाई विद्यालयमा याेगदान पुर्‍याएको भन्दै सम्मानपत्रबाट सम्मान गरिएको थियो।

कार्यक्रममा नगरप्रमुखका सचिबालय प्रमुख केशव चन्दले विद्यालयलाई खेल सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

समारोहमा विद्याथीले आकर्षक गित तथा नृत्य नाटक प्रस्तुत गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल चन्दको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।

स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक भारत शाहिले राख्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण शिक्षक तिलक चन्दले गर्नु भएको थियोे ।