१९ पुष २०७९, मंगलवार

गाँउ यूवा सञ्जाल माडी गाँउपालीका रोल्पाको पहिलो बैठक माडी गाँउपालीका,२घर्तिगाँउमा सम्पन्न भएको छ।
आज मंगलबार सम्पन्न भएको बैठकमा सञ्जालका अध्यक्ष मधुकर डाँगीको अध्यक्षयता शुरु भएको कार्यक्रम सञ्जालका सचिब नवीन बि.कले सञ्चालन गर्नुभएको हो ।


बैठकमा बिभिन्ना महत्वपूर्ण बिषयमा छलफल भएको थियो। कार्यक्रममा बाल्दै संजालका अध्यक्ष डाँगीले कार्यक्रम युवाप्रती भएकाले संचालन हुने बिभिन्न कार्यक्रम तथा छलफल गर्दा कार्यलय ब्यबस्थापनका लागी आवश्यक पर्ने बजेट स्थानिय सरकारलाई पहल गर्ने बताउनु भएको हो कार्यक्रममा गाँउ यूवा सञ्जालका उपाध्यक्ष मनिषा बि.क सदस्यहरु सुस्मिता बि.क,अमरावती बि.क पबित्रा बि.क मनिषा घर्ति र रेडियो माडी आवाजमाबाट संचारकर्मि बिपना बि.कलगायतको को उपस्थीती रहेको थियो।

कार्यक्रममा गाँउ यूवा सञ्जालको संरक्षक रहने सम्बधमा पनि छलफल भएको बताएको छ।कार्यक्रमको समापन सञ्जालका अध्यक्ष मधुकर डाँगीले गर्नुभएको थियो।