१२ जेठ २०८३, मंगलवार स्थानीय कृषि उत्पादन,वन्य जन्तु स्रोत , कला र संस्कृति , पर्यटन तथा स्थानीय प्रतिभाको प्रवर्धन ” भन्ने मूल नाराका साथ समुदायका लागि सञ्चार सल्यानको आयोजनामा सञ्चालनमा आइरहेको “दोस्रो बागचौर कृषि, वन, पर्यटन तथा सांस्कृतिक महोत्सव – २०८३ ” रफ्तारमा राष्ट्रिय कलाकारको साथमा अगाडि बढिरहेको छ।
महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको छ।यस्तै भोलि जेष्ट १३ गत्ते मुख्य आकर्षकको रुपमा लोकप्रिय गायक एम टि महर को आगमन हुदै छ ।एम टि महर सँगै डान्सर नविना,माया ,तिर्सना,साथमा कार्यक्रम उद्धघोषक नविन डि सी , राजेन्द्र परियार, शान्त राम सेन्चुरी लगाएत स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ।








