१४ जेठ २०८३, बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टी बागचौर को प्रथम ऐतिहासिक पालिका अधिवेशन भोलि जेठ १५ गते सञ्चालन हुने भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी बागचौर नगर कमिटीको आयोजनामा भोलि मिति २०८३ साल जेठ १५ गते प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको हो।
उक्त कार्यक्रम बागचौर नगरपालिका स्थित शारदा होटेलको हलमा सञ्चालन हुने भएको छ। कार्यक्रम बिहान १० बजे सञ्चालन हुने बागचौर नगरपालिकाका सभापति विजय ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशका महामन्त्री ललित चन्द, साथै मानव विकास स्रोत साधन उपप्रमुख पवनराज देवकोटा साथमा सल्यान जिल्ला सभापति प्रकाश नेपाली लगायतका रा.स्व. पा का नेताहरूको उपस्थिति रहनेछ।
साथै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने भएका छन्। उक्त राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो नगर अधिवेशन लाई भव्य र सभ्य रूपमा सफल बनाउन सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता आस्थावान व्यक्तिहरूलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरिएको छ ।








