६ जेठ २०८३, बुधवार ” स्थानीय कृषि उत्पादन,वन्य जन्तु स्रोत , कला र संस्कृति , पर्यटन तथा स्थानीय प्रतिभाको प्रवर्धन ” भन्ने मूल नाराका साथ समुदायका लागि सञ्चार सल्यानको आयोजनामा सञ्चालनमा आइरहेको “दोस्रो बागचौर कृषि, वन, पर्यटन तथा सांस्कृतिक महोत्सव – २०८३ ” रफ्तारमा राष्ट्रिय कलाकारको साथमा अगाडि बढिरहेको छ।
महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको छ। यसै क्रममा आज जेष्ठ ६ गते मुख्य आकर्षकको रुपमा बहुचर्चित गायक विशाल सोनी को आगमन हुँदैछ । विशाल सोनी सँगै डान्सर नबिना क्षेत्री, डान्सर निशा पुन मगर, डान्सर झरना मगर ,गायक तथा उद्घोषक शान्तराम सेन्चुरी , उद्घोषक नवीन डिसी , रतन शाही , लगायत स्थानीय कलाकारहरूको पनि बेजोड सांगीतिक प्रस्तुति रहने भएको छ।

आयोजक समितिका अध्यक्षका अनुसार आजका मुख्य आकर्षकक हिजो नै आइपुगेका ले आज छिटै नै कलाकारलाई स्टेजमा चढाइने जानकारी दिनुभयको छ ।यस्तै हिजो जेष्ठ ५ गत्ते बहुचर्चित गायिका रचना रिमाल को प्रस्तुति रहेको थियो।










