१२ जेठ २०८३, मंगलवार हिजो साँझ आएको अत्याधिक भीषण हावाहुरीका कारण रोल्पाको थबाङ गाउँपालिकामा निकै दुःखलाग्दो घटना घटेको छ। साँझ ७ : ३० बजेको समयमा आएको हावाहुरीले गर्दा थपा गाउँपालिका वडा नम्बर २ छेर्लो बाङ झाँकी डेरा निवासी अन्दाजी ६१ वर्षीय रुजी झाँकी मगरको घटनास्थलमै निधन भएको छ। थवाङबाट आफन्त भेटेर घर फर्किने क्रममा थपाङ गाउँपालिका २ अन्तर्गत सहिद मार्ग सडकको गल्चोल नजिकै झिङबारी क्षेत्रमा एक्कासी आएको हावाहुरीले रुख ढालेर रुजी घटनास्थलमै मृत्यु भएको हो


उक्त घटनाबाट गम्भीर घाइते भएका मन भुजी झाँकी मगर को उपचारका लागि थवाङ आधारभूत अस्पतालमा लिइएको प्रहरीले जानकारी दिएको थियो।थबाङ आधारभूत अस्पतालबाट प्राथमिक उपचारपछि घाइते मनभुजी झाँक्री मगरलाई थप उपचारका लागि गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरास्थित मनिपाल टिचिङ हस्पिटल मा रिफर गरिएको थियोथप उपचारका लागि हिजो नै रिफर हुनुभएका मनभुजी झाँक्री मगरको पनि बागलुङ जिल्ला, बुर्तिबाङ आसपासमा मृत्यु भएको खबर प्राप्त भएको छ ।









