७ असार २०७९ सल्यान ।
सल्यानकी एक क्यान्सर पीडित महिलालाई युवाहरूको सक्रियतामा १ लाख २० हजार बढी आर्थिक सहयोग संकलन भएको छ ।
बागचौर नगरपालिका ३ थाराचौर निबासी क्यान्सर पीडित निर्मला डाँगीलाई बागचौरका युवाहरूको सक्रियतामा १ लाख २० हजार ७ सय ९१ रुपैयाँ संकलन भएको हो ।
क्यान्सर रोगले ग्रस्त भएकी डाँगीको उपचारका लागि बागचौरका युवाहरूले आर्थिक सहयोग अभियान चलाएका थिए । सो रकम मंगलबार पीडितका श्रीमान र सासू आमालाई युवाहरुले हस्तान्तरण गरेका हुन् ।