जाजरकोट । खेलकुदको बिकास र स्थानीय कला– संस्कृति संरक्षण गर्ने उद्देश्यसहित जाजरकोट जिल्लाको शिवालय गाउँपालिका -६ रोकायजाँतमा प्रगतिशिल युवा समाजको आयोजनामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । दिपावालीको अवसरमा परापुर्व काल देखि लाग्दै आएको भवठाना मेलाको दिनमा भलिबल , घैटो फोर , छेलो र कुर्सी नाच प्रतियोगिता हुने भएको हो ।
भलिबल तर्फ दर्ता शुल्क ३ हजार रहेको छ भने
प्रथम पुरस्कार राशी २५ हजार नगद , सिल्ड मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार राशी १५ हजार नगद , सिल्ड मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार राशी १० हजार नगद , सिल्ड मेडल र प्रमाणपत्र रहेका छन् ।
यस्तै घैटो फोर तर्फ दर्ता शुल्क ३ सय रहेको छ भने पुरस्कार राशी २ हजार नगद रहेको छ । छेलो प्रतियोगिता तर्फ दर्ता शुल्क ३ सय रहेको छ भने पुरस्कर राशी २ हजार नगद रहेको छ । साथमा कुर्सी दौड प्रतियोगिता तर्फ दर्ता शुल्क ५० रुपैयाँ रहेको छ भने पुरस्कार राशी १ हजार नगद रहेको छ ।
खेलका नियमहरु यस्ता छन :-
– खाजा,खान र बासको व्यवस्था सहभागी टिम स्वयमले नै गर्नु पर्ने छ ।
– खेलाडी अनिवार्य खेल पोशाकमा हुनुपर्ने ।
– खेलमा सहभागी खेलाडीहरु एउटै वडा भित्र स्थायी बसोबास गरेको हुनुपर्ने छ ।
– सम्बन्धि नागरिकता , जन्म दर्ताको प्रतिलिपी अनिवार्य हुनुपर्ने ।
– टिम दर्ता गर्ने अन्तिम मिति २०८२ कात्तिक ०२ गते बिहान ०८ :०० बजे सम्म रहेको छ ।
– खेल सुरु २०८२ कात्तिक ०२ गते बिहान ०९:०० बजे बाट खेलाइने छ ।
– स्थान :- श्री सरस्वती माध्यमिक बिद्यालयको मैदान शिवालय गाउँपालिका -६ रोकायजाँत जाजरकोट ।
सम्पर्क ब्यक्तिहरु
धन बहादुर रोकाय ( अध्यक्ष ) ९८६८९३५६५८
डिल बहादुर रोकाय ( सचिब ) ९८६२५२३६२५
शान्त बहादुर रोकाय ( उपाध्यक्ष )९८६५५४८६१८
शुनिल बि.क ( कोषाध्यक्ष ) ९८६४७८१५२२
चित्र रोकाय ( सहसचिव ) ९७६७०८७५७९
मध्यपहाड खबर परिवारको तर्फबाट कार्यक्रम भव्य र सफल बनोस् शुभकामना ब्यक्त गर्दछौ ।








