सल्यान – फलेन्द्र पुरी ले आफ्नो जन्म दिनको अवसरमा आफुले कक्षा ५ सम्म अध्ययन गरेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । आज शुक्रवार बागचाैर नगरपालिका वडा नं. ८ काे सरस्वती आधारभूत विद्यालय गैरागाउँमा अध्यानरत विद्यार्थीलाई शैक्षिक सामाग्री झाेला वितरण गरेका हुन।


जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासँग जोड्न आफुले प्रयास गरेको पुरीले मध्यपहाड खबर लाई बताए । सामाग्री वितरण कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।


जन्मदिनको अवसरमा शिक्षा क्षेत्रसँग जोडिनु भएकोमा विद्यालयका प्रधानाध्यापक मेहरमान केसीले धन्यवाद दिनु भएको थियो । साथै उहाँले बाल्यकालमा अध्ययन गरेकाे विद्यार्थी पुरीकाे समाजसेवा प्रतिकाे कार्यकाे प्रसंशा गर्दै विद्यालय परिवार पनि खुसी रहेको बताउनु भएको थियो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाेला प्रसाद गिरी, वडा सदस्य फते बहादुर वस्नेत, समासेवी पूर्व जिल्ला विकास समिति सल्यानका सभापति भरत पुरी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितीमा रहेको थियो ।

पुरी जनकल्याण क्याम्पस थारमारेमा अध्यनरत गर्दै आएका छन् ।








