अखिल नेपाल खेलकुद महासंघ सल्यानका अध्यक्ष तथा विद्यार्थी युवा नेता रवि किरण करालाले दार्मा गाउँपालिका–२ मा रहेका गरिब, ज्यानदार तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ ।

सोही अवसरमा करालाले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षा र खेलकुद दुवै समान रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।









