१ चैत्र २०७८ ।

सल्यान जिल्लाको बागचौर नगरपालिका दुई थारमारेमा रहेको सभ्यता एकेडेमीका विद्यार्थी तथा शिक्षकहरूद्वारा थारमारे बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।
एकेडेमीका संचालक भरत बस्नेतको नेतृत्वमा बिधालयका शिक्षक बिद्यार्थीहरुले बजार क्षेत्रमा सरसफाइ गरेका छन । सरसफाइ कार्यक्रममा बोल्दै एकेडेमीका संचालक बस्नेतले किताबी ज्ञान मात्र नभएर संस्कारी , स्वाभिमानी , आफनो र आफू बस्ने क्षेत्र वरपर सफा राख्नुपर्छ भन्ने भावनाको विकास गर्न र समाजप्रतिको उत्तरदायित्व बोधको विकास गराउने मुख्य उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको बताएका छन ।
उक्त बिधालय सल्यान जिल्लाकै पहिलो मन्टेश्वरी बिधिबाट बिद्यार्थीहरुलाई पठनपाठन गराउने बिधालय रहेको छ ।