असोज३०,सल्यान
काम विशेषले कर्णाली प्रदेशको राजधानी र अन्य शहरहरुमा बसोबास गरेका नागरिकहरु दशै मनाउन आफ्नो मूलघर फर्किन थालेपछि अहिले सुर्खेत बसपार्कमा यात्रुको चहलपहल बढेको छ । विभिन्न पेशा, व्यवसाय गरेर बसेकाहरु दशैँमा एकै पटक ठूलो संख्यामा सुर्खेतबाट बाहिरहेका हुन् ।
गतवर्ष कोरोना भाइरसको त्रास बढी हुँदा आफू भएकै ठाउँमा दशैँ मनाएकाहरु यस पटकको दशैँमा भने गाउँघर गइरहेका हुन् । तर चाडपर्वको बेला यात्रुको चाप बढेको मौका पारेर यातायात व्यवसायीहरुले भने चर्को भाडा असुल्ने गरेका यात्रुहरुको गुनासो छ । यातायात व्यवसायीले महँगो भाडा लिन थालेपछि आफ्नो जन्मघर जाने यात्रुहरुलाई मर्का परेको छ ।
दैलेखको आठविस नगरपालिकाकी मनकला संज्यालले यसअघि ५ सय रुपैयाँ भाडा तिरेर सुर्खेतदेखि खिड्कीज्याउला सम्म यात्रा गर्ने गरेकोमा गरेपनि व्यवसायीहरुले यसपाली एक हजार रुपैयाँसम्म भाडा असुल्ने गरेको गुनासो गर्नुभयो । मनकलाले मात्रै होइन अरु व्यवसायीहरुले पनि यस्तो गुनासो गर्ने गर्नुभएको छ । जुम्लाको हिमा गाउँपालिकाका पदम बहादुर भण्डारीले पनि महंगो भाडा तिरेको बताउनुभएको छ । यता, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले भने यात्रुहरुलाई सहयोग होस भनेर सबै जिल्लामा ट्राफिक प्रहरी सहायता कक्षहरु निर्माण गरेको जनाएको छ ।
आफूहरुले सवारी चालकलाई लक्षित गरी सुरक्षा सचेतना समेत गराउने गरेको ट्राफिक प्रहरी कार्यालयका कर्णाली प्रदेशका प्रवक्ता डिएसपी वीरेन्द्रबीर विकले कर्णाली रैबारलाई जानकारी दिजुभयो । उहाँकाअनुसार अहिले चाडपर्वलाई लक्षित गर्दै प्रदेशभर २ सय ३६ जना ट्राफिक प्रहरीहरु परिचालन गरेको छ ।
आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको, यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नियमानुसार कारबाही गरेको प्रवक्ता विकले बताउनुभयो । साथै यातायात व्यवसायी यात्रुहरूबाट बढी भाडा दिने गरेको भए प्रहरीलाई जानकारी गर्न आग्रह गरेको छ हाम्रो प्रशारण सेवा शुरु हुँद छ..