असोज२८,सल्यान
सल्यानमा श्रीमानसँगै सुतेकी एक महिला मध्यरात मा साढे २ वर्षकी छाेरीलाइ छाेडेर सम्पर्कबिहिन भएकी छन् ।
जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ कारागाउँ गैरिकटेरी निवासी २२ वार्षिय महिला हिमसरा खड्का गएराती घरबाटै सम्पर्कविहीन भएकी हुन् । साढे बर्षकी छाेरीसहित श्रीमानसँग सुतेकी उनि छाेरी र श्रीमान निदाएकाे अवस्थामा फरार भएकाे परिवारले जनाएकाे छ ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका १ माइत गरेकी खड्काकाे पाँच बर्ष पहिला बनगाड कुपिण्डे नगरपालिका ७ कारागाउ गैरिकटेरीका २४ बर्षका मुस्कान कवर मगर सँग प्रेम विवाह भएकाे थियाे । उनिहरुबाट एक छोरी छन् ।
लेकाली अनलाइनसँग कुरा गर्दै श्रीमान मुस्कान कवरले भने, ‘हिजो (बुधबार) राती हामीहरु सँगै सुतेका थियाैं । म निद्रामा थिए । कतिखेर उनि काेठाबाट भागिन् थाहा भएन् ।’ आफुले लगाउने सबै लत्ताकपडा र गरगहना झाेलामा राखेर सम्पर्कबिहिन भएकाे उनले बताए ।
पहिल्यैदेखि श्रीमानसँग झगडा गर्ने गरेकाे र सधै डिभाेर्स मागिरहेकाेले अर्काे कुनै पुरुषसँग विवाह गरेर भागेकाे हुनसक्ने श्रीमान कवरको आशंका छ । घरमा काम गर्न नसक्ने बताउँदै एक वर्ष माइती बसेकाे र गएकाे भदाै २९ गते मात्रै आफुहरु माइत गएर मनाएर घरमा श्रीमती ल्याएकाे उनले बताए ।
आफुहरु आमाबुवा तथा दाइभाइ सँग छुट्टीएर अलगै बस्ने गरेकाे र अहिले साढे २ वर्षकी छाेरीलाइ तिमाल्न गाह्राे भएकाे कवरले बताए । श्रीमती सम्पर्कबिहिन भएपछि आफुहरुले सबै ठाउँमा खोजतलास गरेको र कतै पत्तो लाग्न नसकेपछि ईलाका प्रहरी कार्यलय सल्लिबजारमा निवेदन दिएकाे कवरले बताए ।
सम्पर्कविहिन बनेकी खड्कालाइ फाेन गर्दा उनकाे फाेन अफ गरिएकाे छ ।