असोज,१७सल्यान
लुहाम सुर्खेत सड्क खण्ड अनिशीत कालका लागि बन्द गरिएको छ।
गत जेठमा आएको बाढीले सड्क छेउमा लगाएको जाली बगाउँदा सयौं बिगाहा खेत जोखिममा परेको स्थानीय जग्गा धनी यज्ञ रेउले ले बताउनु भएको हो।
खेतको छेउमा सड्क भएकाले छेउमा लागाएको जाली सहित सडक पनि बगायो र हाम्रो खेत घर बार जोखिम पर्यो हामिले पट्क पट्क स्थानीय सरकार र सम्बन्धित निकाय सग अनुरोध गर्दा पनि कसैले चासो नदेखाएको उहाले मध्य्पहाड खबर लाई दुखेसो पोख्नु भएको हो।
केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी को टोलिले उक्त बाटो को अनुअगमन पनि गरेको थियो बाटो मर्मत गर्ने भनेर पट्क पट्क छ्लफल पनि नभएको होइन तर ती छलफल छ्लफल मा सिमित भयो बाटो भने जस्ताको तस्तै रयो चाडपर्ब नजिकिदै गर्दा बाटो बन्द भएपछि उक्त बाटो हुँदै गन्तव्य मा पुगन नागरिक लाई सास्ती भएको छ हामीले धेरै पर्खियौ तर अब हामीले आफनो माग पूरा नभए सम्म बाटो नखुलाउने जगा धनी हरुको भनाई रहेको छ।
सो बाटो मा बिगत चारमहिना ठुला गाडीहरू चल्न सकेका छैनन भने सनिवार बाट कुनै पनि गाडी नचलेको बताएको छ। हाम्रो प्रशारण सेवा पनि शुरु हुँदै छ..