स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष श्री भरत गिरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री रामबहादुर बस्नेतको विशिष्ट आतिथ्यता तथा नि. प्रमुख प्रशासकीय अधिकृत श्री प्रतिभा वली खड्काको सभाध्यक्षतामा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको हो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट्स विधाका खेलहरू समावेश गरिएका छन्।

समारोहमा सहभागी विद्यालयहरूद्वारा आकर्षक कवाज प्रदर्शन तथा स्थानीय झाँकी प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

यसै अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्दै गाउँपालिका प्रथम हुने कक्षा ५, कक्षा ८ तथा एसईईका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
नगद पुरस्कारसहित सम्मानित विद्यार्थीहरू यसप्रकार छन्:
कक्षा ५:
बिपना रेउले — श्री शान्ति सुन्दर मावि (GPA 4.00)
कक्षा ८:
अनुप थापा — श्री निराजन मावि (GPA 3.78)
कक्षा १० (SEE) साधारण धार:
खुमा बुढाथोकी — श्री देउराली मावि (GPA 3.64)
कक्षा १० (SEE) प्राविधिक धार:
मिना बोहरा — श्री निराजन मावि (GPA 3.46)
कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए।








