१२ माघ २०८२, सोमवार । सल्यानको बागचौर नगरपालिका वडा नं ६ हिमचाैर मा हरेक वर्ष जनयुद्ध दिवसको अवसरमा फागुन १ गत्ते लाग्ने हिमचाैर मेला यस वर्ष भने उत्साहका साथ विभिन्न खेलकुद आयोजना र शहिद परिवार सम्मान कार्यक्रम गरि मनाईने भएको छ । फागुन १ गत्ते सामान्य कार्यक्रम गरि मनाईने मेला यस वर्ष भने नयाँ समिती चयन गरि उक्त समितिले विविध खेलकुद आयोजना गरिएको नयाँ समिती का अध्यक्ष पङ्कज ओलीले जानकारि दिनुभएको छ ।
मेला सुरु माघ २६ गते उद्घाटन गरि फागुन १ गत्ते सम्म सञ्चालन गरिने भएको छ । मेलामा खुल्ला पुरुष भलिबल सहित ८ वटा खेल आयोजना गरिएको छ। जस्मा विविध साँस्कृतिक कार्यक्रम पनि गरिने कार्यक्रम संयोजक तुफान ओली ले जानकारि दिनुभएको छ ।साथै कार्यक्रम भब्य रुपमा सञ्चालन गर्नाका लागि आर्थिक सहयोग पनि आवश्यक पर्ने भएको हुदा इच्छुक सहयोगी मनले सहयोगको लागी तल उल्लेख गरिएको Qr मा सहयोग गर्ना सक्नुहुनेछ।









