असार ३२, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ ।
बुधबार १४औं नगर सभा अधिवेशनको दोस्रो बैठक मार्फत बागचौरमा आर्थिक वर्ष २०८२/०८३ का लागि बागचाैर नगरपालिकाले कुल बजेट रु ७१ करोड ६८ लाख ७३ हजार ७ सय ३५ रुपैयाको बजेट विनियोजन गरेको हो ।


आगामी आ.व. २०८२/०८३ मा चालू खर्च तर्फ रु ५१ करोड ७१ लाख २८ हजार तथा पुजिगत खर्च तर्फ रु १९ करोड ९७ लाख ४५ हजार ७ सय ३५ रुपैयाको बजेट विनियोजन गरिएको हो ।


१४औं नगर सभा अधिवेशनको दोस्रो बैठकमा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख श्री जनकराज गौतमज्यूको अध्यक्षतामा नगरपालिकाको आफ्नै सभा हलमा बसेको १४ औं नगरसभा अधिवेशनमा उपप्रमुख श्री सुम्निमा डि.सी. वलीज्यूले प्रस्तुत गर्नुभएको बजेट नगरसभा सदस्यहरुबाट सर्बसम्मत रुपमा पारित गरिएको हाे।

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनलाई प्राथमिकता दिइएको छ।

भने बजेट वक्तव्य उपप्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो ।


यस्तै नगर सभामा स्वागत मन्तव्य बागचौर नगरपालिकाका नगर प्रवत्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी. ले राख्नुभएको थियो ।