१६ चैत शनिवार,बागचौर नगरपालिका अन्तर्गत, सवैका लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता ( सुस्वा )कार्यक्रमको आयोजनामा गरिएको १२ दिने तालीमको समापन गर्दै बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डिसी ( वली) ले नगरपालिका भित्रका विभिन्न खानेपानी योजनालाई दिगो र प्रभावकारी बनाउनको लागी उक्त तालीमको आयोजना गरिएको बताउनु भयो ।उहाँले धेरै योजनाहरु मर्मत संभारको अभावमा टिकाउ हुन नसकेकाले त्यस्लाई संरक्षणका लागी सक्षम जनशक्ति उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउँनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी वलीले बागचौर नगरपालिकामा खानेपानीका लागि मुहानको समस्या भएको र अहिले प्राय ठाउँरुमा लिप्ट सिस्टम बाट खानेपानी संचालन गरेको र लिप्ट सिस्टममा देखीने आधारभुत समस्याको तालीममा सहभागी प्रशिक्षार्थीहरुले समाधान गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
आफुहरुले लिफ्ट सिस्टम बाट जनतालाई खानेपानी व्यवस्था गर्दा बिधुत महसुलले महँगो पर्ने भएकाले सोलार जडान कार्यलाई पनि प्राथमिकता दिदै आएको बताउँनु भयो ।

तालीम समापन गर्दै बागचौर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष प्रेमबहादुर डाँगीले तालीममा सहभागीहरुलाई १२ दिन सम्म सिकेका कुराहरुलाई फिल्डमा लागू गर्न अनुरोध गर्नु भएको छ ।उहाँले नगरपालिकाले पाँच लाख रकममा उक्त तालीमको आयोजना गरेको हुनले त्यस्लालाई सामान्य किसिमले नलिन आग्रह गर्नु भयो ।
अध्यक्ष डाँगीले प्रशिक्षार्थीहरुलाई तालीम बाट सिकेको सिपलाई व्यवसाय,रोजगार र बचत संग जोडेर काम गर्न सकिने बताउनु भयो ।

यस्तै बागचौर नगरपालिकाका सुस्वा संयोजक बिरेन्द्र प्रशाद जोसीले उक्त तालिम खानेपानीको आयु बढाउन प्रभावकारी भएको बताउनु भयो । जोसिले खानेपानी संग जोडिने सरसफाइका कुराहरुलाई समेत फिल्डमा उतार्न सकिने भएकाले सहभागीहरुलाई त्यस तर्फ समेत ध्यान दिन अनुरोध गर्नु भयो ।उहाँले यस्ता खाले तालीमहरु आफुहरुले समय समयमा आयोजना गर्ने बताउनु भयो ।
साना गाडाकोट खानेपानी तथा सरसफाइ आयोजना बागचौर नगरपालिका ७ भुवनेश्वरी माध्यमिक बिधालय गाँडाकोटमा आयोजना गरिएको उक्त तालिममा १२ दिन सम्म सहभागीहरुलाई
फेरोस्मेन्ट ,ट्यान्की निर्माण,प्लाष्टिक पाइप र जिआइ पाइका जडान प्रक्रिया,धारामा निर्माण सामाग्री फिटिङ पानी सुदृढीकरण मेसीन जडान लगाएतका सीप सिकाइएको बागचौर नगरपालिका सुस्वा परियोजनाका प्राविधिक सहजकर्ता सुमन डाँगीले बताउँनु भयो ।यस्तै तालिममा भाग लिएपछी आफुहरुलाई धेरै कुराको ज्ञान भएको सहभागी टिकाराम गौतम ,गणेश भण्डारी,सुनिता बिक लगाएतले बताउँनु भयो ।उहाँहरुले पानी संचालन गर्दा मुहान देखि धारा सम्म के के कुराको आवश्यकता पर्छ,खानेपानीलाई सुद्व गराउन के गर्नु पर्छ लगाएतका कुराहरु सिकेको बताउनु भयो ।

तालीम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका केन्द्रिय परिषद सदस्य टिकाराम भण्डारी ( दिपसागर) सुस्वा परियोजनाका प्राविधिक हेमराज वली लगाएत बागचौर नगरपालिका वडानं.२, ३,७, ११ र १२ का १७ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण सुस्वा परियोजनाका सामाजिक परिचालक झनक केसीले गर्नु भएको हो ।








